२ चैत्र २०८२, सोमबार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कांग्रेसलाई अहंकार र दम्भ नपाल्न आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनमा ठूलो दलको रुपमा देखा पर्ने वित्तिकै कांग्रेसमा अहंकार र दम्भ देखिन खोजेको तर्फ संकेत गदैं प्रचण्डले कांग्रेसलाई त्यस्तो लदम्भ र अहंकार नपाल्न आग्रह गरेका हुन् ।
पार्टीका स्थानीय तहका निर्वाचित जनप्रतिनिधीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले माओवादीले अहिलेकै गठबन्धनलाई नै निरन्तरता दिएर पछि सम्म लैजान चाहेको पनि वताए । तर कांग्रेसमा अहंकार बढ्ने हो की भन्ने चिन्ता भने आफुहरुलाई पनि पर्न थालेको प्रचण्डको भनाई छ ।


प्रधानमन्त्री बनाउने बेलामा निक्कै मेहनत गरेरै बनाईएको हो । कांग्रेसमा फेरि अहंकार र दम्भ केहीमा देखिन खोजेको छ , त्यसो हो भने त्यो राम्रो हुँदैन । एमालेमा , केपी ओलीमा दम्भ र अहंकार आएपछि नै हामी त्यसलाई फालेर नयाँ गठबन्धन बनाउन आएका हौं,’ प्रचण्डले भने,–‘कांग्रेसमा पनि एमालेमै जस्तो अहंकार र दम्भ आयो भने फेरि विद्रोह हुन्छ । जो जो मा अहंकार आउँछ, त्यसैलाई ठोक्दै जाने हो । यस्तै तरिका हो भने पनि भनिएको छ ।’
प्रचण्डले एमालेले मुखमा माओवादी प्रतिको आक्रोश ब्यक्त गरेपनि मनमा भने चैन नभएको पनि बताए ।
‘मुखले जे भने पनि मन रोएकै छ ।, उनीहरु चैनमा छ त ? चैनमा छैन,’ प्रचण्डले भने,–‘निर्वाचन परिणाम पछि चेते होलान् भनेको त झन संसदमा हेर्नुस त के के बोलेको छ , त्यसपछि मैले पनि जवाफ दिर्ने परयो । कसैको बैशाखी टेक्दैनौं रे, दुई चोटी प्रधानमन्त्री कसरी बनेका हुन् ? जनतालाई थाहैं । त्यसकारण हामी भन्छौं, कांग्रेसले पनि माओवादीलाई हल्का रुपले नलिओस् ।’
प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’
प्रचण्डले धरान र काठमाडौंमा मात्र स्वतनत्रले जितेको र अन्यमा स्वतन्त्र भनेपनि दलकै बागलिे जितेको पनि बताए । धरान र काठमाडौंका स्वतनत्रले माओवादीले जस्तै कुरा गरेकोले जनताले मत दिएको बताए । यसलाई माओवादीले सवकका रुपमा लिनुपर्ने बताए ।
प्रचण्डले भने,–‘हामीले राम्रो कुरा नगरेको देखेपछि जनताले हामीलाइ नै सवक सिकाएको जस्तो लाग्छ ।’