२ चैत्र २०८२, सोमबार
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट माथिको छलफल आज पनि जारी रहने भएको छ । मन्त्रालयगत छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्तावसमेत पेश हुने छ ।
यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो भने जेठ २३ गतेदेखि मन्त्रालयगत शीर्षकको बजेटमा छलफल थालिएको थियो ।

