२ चैत्र २०८२, सोमबार
प्रतिनिधि सभामा अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग उठेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।


‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ रु भनेर साथीहरु भन्नुहुन्थ्यो। अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ’ सांसद सुवालले भने ।
नेपालमा अमेरिकी भित्राउन प्रमुख विपक्षी नेकपा एमाले समेत लागेको उनको आरोप छ ।