एसपिपीबारे प्रधानमन्त्रीले संसदमा उभिएर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन भन्नुपर्छः गगन थापा

होमल्याण्ड खबर

२०७९ असार १ गते, बुधबार १२:२५ मा प्रकाशित

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले स्टेट पार्टनसीप प्रोग्राम ९एसपिपी० बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्। आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए।

ज्ञवालीलगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन्। ‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैँले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने थापाले बताए।