एसपीपीबारे सरकारको जवाफ : सरकारलाई बदनाम गराउने खेल भयो

होमल्याण्ड खबर

२०७९ असार १ गते, बुधबार १३:४४ मा प्रकाशित

सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम एसपीपीमा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ ।बुधबार प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी माग नगरेको बताए ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदमना गराउने एउटा खेल मात्रै हो । ‘