एमसीए नेपाललाई नुवाकोटमा जग्गा उपलब्ध गराउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

होमल्याण्ड खबर

२०७९ असार २ गते, बिहीबार १६:१० मा प्रकाशित

सरकारले मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्।

सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ।

उनले ओझको राजीनामा स्वीकृत गर्दै समितिको अध्यक्षमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको बताए।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः

(सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गर्ने।

– सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने।

– एपीजी(एसिया प्यासिफिक ग्रुप अफ मनी लन्ड्रिङको मिति २०८९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने।

(मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने।

– जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन ९करिब ३६ करोड ६२ लाख रुपैयाँ० बराबरको अनुदान सहायता स्वीकार गर्ने।

– मिति २०८९ असार ११ र १२ गते स्वीजरल्यान्डमा आयोजना हुने ९२औँ एन्युअल जेनेरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स् विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने।

– राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने।