आजदेखि संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार १२:०१ मा प्रकाशित

अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ। संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि अन्तरिम इजलासमा सुरु हुन लागेको हो।

रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधी दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन्।ओलीले अध्यादेशमार्फत २०७७र१०र२१ गते ३२ जना र २०७८र३र१० नियुक्त गरेका २० जना गरी कूल ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।