२ चैत्र २०८२, सोमबार
एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ ।


उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘…बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै/भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।’
नयाँ मन्त्रीको रुपमा गरिएको सिफारिस पनि असन्तुलित र असमावेशी भएको उनीहरुको भनाइ छ । उनीहरुले मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग पनि गरेका छन् ।