२ चैत्र २०८२, सोमबार
प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने बताइएको छ ।