२ चैत्र २०८२, सोमबार
संघीय संसद अन्तर्गत बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन।बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बैठक झण्डै १ बजेसम्म बैठक सुरु हुन नसकेको हो।
सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल नसकिएकोले संसद बैठक बस्न नसकेको हो।प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो।

