ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार १५:४७ मा प्रकाशित

 राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देश ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि राजदूत नियुक्त गरिएको हो।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा नेपालको आवासीय राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।