२ चैत्र २०८२, सोमबार
जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो । जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।
केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ । दुई दिनसम्म चल्ने सो बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ । बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमा छलफल हुने बताइएको छ ।

