मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित गरिँदै

होमल्याण्ड खबर

२०७९ श्रावण ४ गते, बुधबार १०:०३ मा प्रकाशित

राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले मंगलबारै सार्वजनिक गरेको कार्यसूचीअनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथिको छलफल सकिएपछि पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

हेर्नुहोस् कार्यसूची