२ चैत्र २०८२, सोमबार
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन्। आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।
‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’,उनले भने। उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन्। समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए। शर्माले आफूमाथि लागेको आरोप निराधार रहेको बयान दिएको बताइएको छ।

