२ चैत्र २०८२, सोमबार
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङ गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर पत्र लेख्न आग्रह गरेको हो । उनले परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमाथि समेत प्रश्न उठाएका थिए ।
‘यो मन्त्रिपरिषद्को निर्णयविपरीत भयो, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयको हो,’ उनले भने, ‘तर परराष्ट्रले कार्यान्वयन गरिरहेको छैन ।’ उनले एसपीपीमा सहभागी नहुने भनेर पत्रचार गर्न संसदले रुलिङ गर्न माग गरेका थिए ।

