प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

होमल्याण्ड खबर

२०७९ श्रावण १० गते, मंगलवार १०:२६ मा प्रकाशित

मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।  संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।