‘शपथसम्बन्धी विधेयक, २०७९’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

होमल्याण्ड खबर

२०७९ श्रावण १२ गते, बिहीबार १३:२६ मा प्रकाशित

राष्ट्रिय सभाको बिहीबारको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए।