दक्षिण कोरियामा एकै दिन ८५ हजार बढीमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७९ श्रावण १३ गते, शुक्रबार १२:२६ मा प्रकाशित

दक्षिण कोरियामा पछिल्लो २४ घण्टाको समयावधीमा ८५ हजार तीन सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

अघिल्लो दिनको तुलनामा केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर, यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरियाल रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको छ। नयाँ केसहरू मध्ये चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ। यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्यु दर ०।१३ प्रतिशत रहेको छ।