मन्त्रिपरिषदको बैठकमा निर्वाचनको मिति तोक्ने तयारी

होमल्याण्ड खबर

२०७९ श्रावण १९ गते, बिहीबार १०:३१ मा प्रकाशित

आज बस्ने मन्त्रिपरिषदको बैठकमाआगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी भईरहेको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।

हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्।

त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ ।