मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १२:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतपार्टीबीच एकता हुने भएको छ । शुक्रबार बिहान बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिईएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको जानकारी दिए ।
उनीहरुले पार्टी एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।