निर्वाचनमा तालमेल गर्ने गठवन्धनको निर्णय,भदौ पहिलो हप्तासम्म सिट बाँडफाँड टुंग्याइने

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १२:४० मा प्रकाशित

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ।

यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेको सत्ता गठबन्धनले आउँदो निर्वाचनमा पनि तालमेललाई निरन्तरता दिने निर्णय गरेको हो।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेल गरेर जाने सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए।

उनका अनुसार बैठकले भदौ पहिलो साताभित्र तालमेलको काम सम्पन्न गर्ने निर्णय गरेको छ। तालमेलका लागि प्रत्येक दलबाट सहभागी हुने गरी कार्यदल बनाइनेछ। कार्यदलमा बस्ने व्यक्तिबारे भने टुंगो लागिनसकेको खनालले बताए।

No description available.