३ चैत्र २०८२, मंगलवार
नेकपा (एमाले) की सांसद शान्ता चौधरीले मुलुकमा महङ्गी बढ्दा पनि सरकार टुलुटुल हेरेर बसेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकार सुशासन र महंगी नियन्त्रण गर्न भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको टिप्पणी गरिन् ।
चौधरीले एक झोला सामान किन्न, एक झोला पैसा चाहिने भन्दै टिप्पणी गरिन् । उनले सरकारको काम मंहगीको साक्षी बस्ने नभई नियन्त्रण गर्नु रहेको उल्लेख गरिन् ।

