९ मंसिर २०८१, आईतवार
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी पिइएमआरएले इमरान खानको भाषण पाकिस्तानका सबै टिभी च्यानलहरूमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पिइएमआरएले राष्ट्रिय सुरक्षाको लागि खतरा जनाउँदै भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको हो ।
टिभी च्यानलहरूले पूर्वप्रधानमन्त्री खानको कुनै पनि भाषण र प्रेस सम्मेलन प्रसारण नगर्ने बताएको छ । पिइएमआरएले यस्तो गरेको पाइएमा टिभी च्यानलहरूलाई बिनासूचना निलम्बन गरिने पनि जनाएको छ ।
पिइएमआरएका अनुसार निलम्बन गर्नुअगाडि कुनै पनि च्यानललाई कारण देखाऊ सूचना पनि जारी गरिने छैन । पिइएमआरएले यसअघिको पत्रकार सम्मेलनमा इमरान खानले गरेको टिप्पणीलाई ‘घृणित, निन्दनीय र अपमानजनक’ भनेको छ ।
सूचनामा भनिएको छ कि इमरान खानले ‘देशका संस्थाहरू विरुद्ध हत्याको षड्यन्त्रको आधारहीन आरोप’ लगाएका छन् ।