९ मंसिर २०८१, आईतवार
पाकिस्तानमा देशको क्षेत्रीय र विधान सभाबाट आफ्नो पार्टी बाहिरिने पूर्वप्रधानमन्त्री इमरान खानले घोषणा गरेका छन् । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए ।
उनको दल अहिले प्रतिपक्षमा छ । उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधि निर्वाचनको माग गर्दै आएका छन् । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।
वर्तमान सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ । खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन सुरू गरेका थिए । विरोध अभियानका क्रममा केही हप्ता पहिले उहाँको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बनेका थिए ।
उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार राति इस्लामावाद नजिकैको रावलपिण्डी शहरमा खान पुनः विरोध प्रदर्शनमा सामेल हुँदै विधान सभाबाट बाहिरिने घोषणा गरेका हुन् ।
खानको गढ खैबर पख्तुनख्वाको उत्तरपश्चिमी प्रान्तमा पर्छ र पन्जाब विधानसभाबाट बाहिरिएपछि उनका प्रतिद्वन्द्वीहरूलाई सत्ता हस्तान्तरण हुनेछ । आफ्नो भाषणको अन्त्यतिर खानले मध्यावधि निर्वाचनको मागबाट पछि हट्दै आफ्नो पार्टीले नौ महिनापछिका लागि तय भएको निर्वाचन जित्ने बताएका छन् ।
आर्थिक सङ्कटका कारण खाद्यान्न र औषधिजस्ता अत्यावस्यक वस्तुको अभाव भएको भन्दै महिनौंदेखि जारी विरोध प्रदर्शनपछि जुलाईमा हजारौं श्रीलङ्काली नागरिकले राष्ट्रपति निवासमा धावा बोलेर तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न र पछि राजीनामा दिन बाध्य पारेका थिए ।
मुनीरले जनरल कमर जावेद बाजवाको स्थान लिएका छन् ।बाजवाले भने पूर्व प्रधानमन्त्रीको उक्त आरोपको खण्डन गर्दै आएका छन् । बाजवालाई खानले आफुलाई हटाउन भूमिका खेलेको आरोप पनि लगाएका छन् ।