९ मंसिर २०८१, आईतवार
याँ वर्षको पूर्वसन्ध्यादेखि मध्यरातसम्म रुसले युक्रेनमा मिसाइल आक्रमण गरेको छ । राजधानी कीभमा रुसी क्षेप्यास्त्र विस्फोट भएको खबर आएको छ ।
युक्रेनका सुरक्षा बलका प्रमुखले वायु रक्षा प्रणालीले २० मध्ये १२ क्रुज मिसाइललाई खसालेको बताएका छन् ।
यस्तै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशले जित नपाउँदासम्म लडार्इं जारी राख्ने बताएका छन् ।
क्रिसमस र नयाँ वर्षमा आम नागरिकमाथि आक्रमण गर्ने सम्बन्धमा उनले मस्को ‘दानव’को बाटोमा हिँडेको बताएका छन् ।
यसैबीच, नयाँ वर्षको अवसरमा सरकारी टिभी च्यानलमा दिएको भाषणमा पुटिनले सैनिकहरूलाई आफू नैतिक रूपमा सही भएको बताए ।