४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका सांसद रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनीत भएका छन् ।
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

