कांग्रेसको मुख्य सचेतक पदमा रमेश लेखक मनोनीत

होमल्याण्ड खबर

२०७९ पुष १९ गते, मंगलवार १४:३६ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनीत भएका छन् ।

नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।