उपसभामुखको उम्मेदवार टुंगो लगाउँन रास्वपाको संसदीय दलको बैठक सुरू

होमल्याण्ड खबर

२०७९ माघ ६ गते, शुक्रबार ११:११ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ । उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बोलाइएको हो ।
सातदलीय गठबन्धनको भागबन्डामा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।