देउवा पक्षको महाधिवेशन पनि खुलामञ्चमै

होमल्याण्ड खबर

२०८३ कार्तिक १४ गते, शुक्रबार १६:१९ मा प्रकाशित

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन खुलामञ्चमा गर्ने भएका छन्।

पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले बनाएको केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुनेछ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलले खुलामञ्चमा महाधिवेशन हुने बताए।

उद्घाटन खुलामञ्चमा गर्ने, प्रतिनिधिहरूलाई खानाको व्यवस्था भृकुटीमण्डप र निर्वाचनलगायत कार्यक्रम राष्ट्रिय सभा गृहमा गर्ने गरी देउवा पक्षले तयारी गरेको हो।

मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने कार्यतालिका छ। त्यसअघि मंसिर ४ मा प्रदेश अधिवेशन र कात्तिक १५ मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। यद्यपि ११ जिल्ला अधिवेशन भने सकिएको छ।