सभामुख घिमिरेले साढे १२ बजे पदबहाली गर्ने

होमल्याण्ड खबर

२०७९ माघ ६ गते, शुक्रबार ११:१८ मा प्रकाशित

सभामुख देवराज घिमिरेले साढे १२ बजे सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्ने भएका छन् ।
बिहीबार प्रतिनिधि सभाको सभामुखमा निर्वाचित घिमिरेको अहिले पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतलनिवासमा भइरहेको छ ।

शपथग्रहणपछि उनी लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा घिमिरे झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस उम्मेदवार इश्वरी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका हुन् ।