४ चैत्र २०८२, बुधबार
सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कामु् प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।


शपथग्रहणपछि उनी लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
उनले साढे १२ बजे सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्ने भएका छन् ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा घिमिरे झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस उम्मेदवार इश्वरी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका हुन् ।