सभामुखको पहिलो निर्णयः सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तक्रिया गर्ने

होमल्याण्ड खबर

२०७९ माघ ६ गते, शुक्रबार १३:२८ मा प्रकाशित

नवनियुक्त सभामुख देवराज घिमिरेले नवनियुक्त संसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तक्रिया गर्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा पदभार ग्रहण गर्दै सभामुख घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबैको सहयोग हुने अपेक्षा गरेको बताए । घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए ।

उनले आजै पद तथा गोपनियताको शपथ लिएका थिए ।

झापा २ बाट नर्वाचित घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए । एमाले नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।