भारतमा अपहरण परेका जनकपुरधामका २ युवाको शव भेटियो

होमल्याण्ड खबर

२०७९ माघ ८ गते, आईतवार १३:१० मा प्रकाशित

दुई साता अगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा भेटिएको हो।

मृतक दुबैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका थिए। सोही ठाउँमा दुबै अपहरणमा परेका हुन्।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो।