गण्डकी प्रदेशमा १२ बाट ५ मन्त्रालय घटाइयो

होमल्याण्ड खबर

२०७९ माघ ९ गते, सोमबार १२:०५ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।