४ चैत्र २०८२, बुधबार
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ।
संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। बरिष्ठ अधिवक्ताद्वय रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, निकिता ढुंगानाले बहस गरेका छन् । खाजापछि सरकार र गृहमन्त्री लामिछानेको तर्फबाट बहस हुनेछ । जवाफी बहस पनि आजै हुने बताइएको छ ।यसअघि, गएको पुस २२ गते अदालतले आजका लागि पेसी स्थगित नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।