४ चैत्र २०८२, बुधबार
नागकिरता विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा सर्वाेच्चको सम्वैधानिक इजालसमा बहस जारी छ । लामिछानेको विपक्षी अर्थात रिट निवेदकको तर्फबाट अधिवक्ताहरूले बहस सकेका छन् ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरेका थिए । अव सरकार र रवि लामिछानेको तर्फबाट बहस हुनेछ ।


रिट निवेदकका तर्फबाट सर्वाेच्चमा वहस गरेका कानुन ब्यवसायीले बहस नोट बुझाउँदै रवि लामिछानेको अमेरिकी नागरिकता त्याग नै नभएको अवस्थामा त्यागेको निस्सा छ भनी तथ्यगत रूपमै भ्रम सिर्जना गरेकोले निवेदन दिएबाट मात्रै अमेरिकी नागरिकता त्याग गरेको प्रमाणित हुन नसक्ने बताएका छन् ।
उनीहरुले रविले आफुले जे जस्तो गरेपनि कानुनले नछुने भन्ने खालको ब्यवहार देखाएको र त्यही अनुसार राज्यको ऐन कानुन तोडेको आरोप लगाएका छन् ।
सर्वाेच्चको सम्वैधानिक इजालसले मुद्दालाइृ अग्राधिकारमा राखी कुनै पक्षले पनि सुनुवाई स्थगित गर्न नपाउने गरी आजका लागि सुनुवाई तोकेको थियो ।
हेर्नुहोस्, रिट निवेदकका तर्फबाट सर्वाेच्चमा वुझाइएको वहस नोट