प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता

होमल्याण्ड खबर

२०७९ माघ १२ गते, बिहीबार १३:०४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।