प्रधानमन्त्रीद्वारा सहिद स्मारक लैनचौरमा पुष्पगुच्छा अर्पण

होमल्याण्ड खबर

२०७९ माघ १६ गते, सोमबार १०:२० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसर पारेर लैनचौर स्थित सहिद स्मारकमा पुगेर पुष्पगुच्छा तथा सम्मान अर्पण गरेका छन् । विभिन्न राजनीतिक आन्दोलनका क्रममा साहदत प्राप्त गर्ने सहिदहरूको सम्झनामा मनाइने सहिद दिवसको अवसरमा प्रधानमन्त्री सहिदप्रति सम्मान प्रकट गर्न सहिद स्मारक पुगेका हुन् ।

काठमाडौ महागरको आयोजनामा सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् । कार्यक्रममा सहिदको सम्मान गर्न नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

माघ १६ गते शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी सोमबार देशभर मनाइन्छ ।