मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ माघ १६ गते, सोमबार १२:२८ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरवारमा बोलाएका हुन् ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा केही उच्च पदस्थ कर्मचारी सरुवा निर्णयसमेत हुने जनाइको छ । जसमा दुई दर्जन बढी सहसचिवहरुकोसमेत सरुवाको तयारी रहेको छ ।