एमाले अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ माघ १६ गते, सोमबार १४:४२ मा प्रकाशित

नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा ओली र नुल्यान्डबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको संसदीय दलका एक अधिकारीले जानकारी दिए ।