४ चैत्र २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक दुई दिनका लागि स्थगित गरिएको छ।


केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए।