मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ माघ २३ गते, सोमबार ११:०४ मा प्रकाशित

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

रास्वपाका तीन मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।