टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय नाघ्यो

होमल्याण्ड खबर

२०७९ माघ २४ गते, मंगलवार १०:१४ मा प्रकाशित

टर्की र सिरियाको भूकम्पवाट मृत्यु हुनेको संख्या  हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको भूकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको भूकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ ।

टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी  छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।