३ चैत्र २०८२, मंगलवार
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।
फेरिएको राजनीतिक समिकरण तथा राष्ट्रपतिको निर्वाचलगायतको बिषयमा छलफल गर्नका लागि केन्द्रिय समितिको बैठक बस्न लागेको हो ।


सभापति लामिछानेले सरकारबाट बाहिरिने वा नबारिने भन्नेमा अझै कुनै निर्णय नलिएको बताए । ‘केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसैले केही निर्णय गर्नेछ,’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने ।
नेकपा एमाले–नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय पुरानो गठबन्धन भत्किएको र माओवादी–कांग्रेससहितको नयाँ ८ दलीय गठबन्धन बनेको पर्सिपल्ट रास्वपाले आवाश्यक निर्णय लिनका लागि बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्र्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ । आजको बैठकमा १० बैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।