राष्ट्रपति निर्वाचन बारे केन्द्रिय समितिवाट निर्णय लिन्छौ : रबि लामिछाने

होमल्याण्ड खबर

२०७९ फाल्गुन १५ गते, सोमबार १०:४२ मा प्रकाशित

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।

फेरिएको राजनीतिक समिकरण तथा राष्ट्रपतिको निर्वाचलगायतको बिषयमा छलफल गर्नका लागि केन्द्रिय समितिको बैठक बस्न लागेको हो ।

सभापति लामिछानेले सरकारबाट बाहिरिने वा नबारिने भन्नेमा अझै कुनै निर्णय नलिएको बताए । ‘केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसैले केही निर्णय गर्नेछ,’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने ।

नेकपा एमाले–नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय पुरानो गठबन्धन भत्किएको र माओवादी–कांग्रेससहितको नयाँ ८ दलीय गठबन्धन बनेको पर्सिपल्ट रास्वपाले आवाश्यक निर्णय लिनका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्र्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ । आजको बैठकमा १० बैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।