९ मंसिर २०८१, आईतवार
भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ । सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।
भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी बोलेका थिए ।
राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए ।
चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए ।