९ मंसिर २०८१, आईतवार
सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।
यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ-आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।