९ मंसिर २०८१, आईतवार
पाकिस्तानले बुधबार राति सम्पन्न भएको पहिलो खेलमा अष्ट्रेलियालाई ६६ रनले पराजित गर्न सफल भयो । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै जित निकालेको हो ।
१५६ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागी ३ जना खेलाडीले मात्र दोहोरो अंक बटुले भने बाँकी खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन । अष्ट्रेलियाका लागी नाथन काउल्टर नाइलले ३४, एस्टोन एगरले १९ र क्रिस लिनले १४ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका इमद वासिमले ३, फहिम अश्रफ र शाहिन शाह अफ्रिदीले समान २–२ विकेट लिएका थिय । अबुधावीस्थित शिख जायद रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ६८ र मोहम्मद हफिजले ३९ रन बनाएका थिए ।