९ मंसिर २०८१, आईतवार
चीनमा एक विद्यालयको जिम हाउसको छत खस्दा ११ जनाको मृत्यु भएको छ। चीनको उत्तरपूर्वी क्षेत्रमा अत्यधिक वर्षापछि जिम हाउसको छत भत्किदा च्यापिएर ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
छत भत्किने बेला जिम हाउसमा १९ जना थिए। उनीहरु सबैजना भग्नावेषमा च्यापिएका थिए। तीमध्ये ११ जनाको मृत्यु भएको र चारजना घाइते भएको बीबीसीमा समाचार छ। मृतकमध्ये धेरैजसो बालबालिका छन्।
भवन सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।