९ मंसिर २०८१, आईतवार
इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने घोषणा गरेका छन्। चार घण्टाका लागि इजरायल पुगेका बाइडनले हमासविरुद्धको लडाइँमा इजरायल एक्लै नभएको भन्दै अमेरिका उसको साथमा रहेको बताए।
बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् ।
पछिल्लो पटक मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको थियाे। अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाइरहेका बेला बाइडनले इजरायललाई साथ दिने बताएका हुन् ।
अस्पतालमा आक्रमण भएपछि इजरायल पुगेका अमेरिकी राष्ट्रपति बाइडनलले राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताएको बीबीसीले जनाएको छ ।
साथै बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन पनि इजरायल तयार देखिएको छ।